बराबरीमा रोकियो साविक विजेता बायर्न

एजेन्सी । जर्मन बुण्डेसलिगातर्फ पोलिस स्टार रोबर्ट लेवान्डोस्कीले सिजनको १६औं गोल गरे तापनि साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकिन बाध्य भएको छ ।

शनिबार अग्सबर्ग विरुद्ध २–२ गोलको बराबरी खेल्दा स्टार स्ट्राइकर लेवान्डोस्कीको गोल पनि बायर्नका लागि प्रर्याप्त बनेन । खेलको ३०औं मिनटमै अग्सबर्गले मार्को रिक्टेरको गोलबाट सनसनीपूर्ण अग्रता बनाएको थियो ।

यद्यपि लेवान्डोस्कीले १४औं मिनटमै बायर्नका लागि बराबरी गोल फर्काएका थिए । लगतै दोस्रो हाफतर्फ ४९औं मिनटमा सर्जी नेब्रीले बायर्नका लागि दोस्रो गोल गरे । तर पाहुना टोलीको त्यो अग्रता अन्तिमसम्म टिक्न सकेन ।

उता खेलको इन्जुरी समयमा सर्जियो कोर्डोवाले घरेलु टोलीका लागि दोस्रो तथा बराबरी गोल गर्दै अग्सबर्गलाई हारबाट जोगाउनुका साथै महत्वपूर्ण अंक खोस्न पनि सफल भएका थिए ।

यो नतिजापछि ८ खेलबाट १५ अंक जोडेको बार्यन तेस्रो स्थानमा छ । उता अग्सबर्ग भने ६ अंकका साथ १५औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...