कठिन जितका साथ तेस्रो स्थानमा उक्लियो चेल्सी

एजेन्सी । इङलिस प्रिमियर लिगमा शनिबार कठिन जित हात पार्दै चेल्सी अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदान स्टामफोर्ड ब्रीजमा भएको खेलमा चेल्सीले न्युक्यासल युनाइटेडलाई १–० को झिनो अन्तरले हरायो ।

यद्यपि चेल्सीले गोलका लागि दोस्रो हाफको अन्तिमसम्म संघर्ष गर्नुपर्यो । पटक–पटकको प्रयास असफल हुँदा चेल्सी फेरि घरेलु मैदानमै रोकिने संघारमा थियो । तर ७३औं मिनटमा मार्कस अलोन्सोले निर्णायक गोल गर्दै ब्लुजलाई महत्वपूर्ण ३ अंक दिलाए ।

साथै यो जितसँगै ९ खेलबाट १७ अंक जोडेको चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै शनिबार नै बर्नलीलाई २–१ ले हराएको लेस्टर सिटी समान १७ अंकका साथ दोस्रो स्थानमा छ । उता पराजित न्युक्यासल भने ८ अंकका साथ रेलिगेशन क्षेत्रको १८औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...