बार्साको जितमा मेसी, सुआरेज र ग्रीजम्यानको गोल

एजेन्सी । तीन स्टार खेलाडी लियोनल मेसी, लुईस सुआरेज र एन्टोइन ग्रीजम्यानले गोल गरेपछि स्पेनीस ला लिगातर्फ साविक विजेता बार्सिलोना फेरि शिर्ष स्थानमा फर्किएको छ ।

शनिबार भएको खेलमा बार्सिलोनाले आइबरलाई उसकै घरमा ३–० ले हरायो । समग्रमा लगातार पाँचौं जित हात पार्ने क्रममा बार्सिलोनाका ल ागि १३औं मिनटमा ग्रीजम्यानले पहिलो गोल गरे ।

दोस्रो हाफको ५८औं मिनटमा मेसीले बार्साको त्यो अग्रता दोब्बर पारे भने ६६औं मिनटमा सुआरेजका लागि गोलको अवसर समेत मिलाइदिएका थिए । यो जितसँगै ९ खेलबाट १९ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा उक्लिएको छ ।

यद्यपि बार्साको त्यो शिर्षता केही क्षणका लागि मात्र पनि हुन सक्छ । उता एक खेल कम खेलेको रियल मेड्रिड १८ अंकका साथ दोस्रो स्थानमा छ र रियलले शनिबार नै मालोर्कासँग खेल्दैछ । यदि त्यो खेलमा रियलले जित हात पारे जिनेदिन जिदानको टोली फेरि शिर्ष स्थानमा फर्किनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...