मेटिपले गरे लिभरपुलसँग लामो सम्झौता

एजेन्सी । लिभरपुलका क्यामरुनी डिफेन्डर जोएल मेटिपले क्लबसँग नयाँ लामो सम्झौता गरेका छन् । नयाँ सम्झौतासँगै २८ बर्षिय यी सेन्टर ब्याक आगामी सन् २०२४ सम्म एनफिल्ड मै रहने पक्का भएको छ ।

सन् २०१६ मा जर्मन क्लब साल्केबाट लिभरपुलमा आवद्ध भएका मेटिपले क्लबलाई गत सिजन च्याम्पियन्स लिगको उपाधि जिताउन अहम भूमिका खेलेका थिए ।

यस सिजन सबै प्रतिस्पर्धामा गरेर कुल ९ म्याच खेलेको मेटिपले रेड्सका लागि दुई गोल गर्न पनि भ्याएका छन् । साथै इन्टरनेशनल ब्रेक अघि चोटका कारण लिभरपुलको दुई खेल गुमाएका मेटिपले आइतबार ओल्ड ट्राफोर्डमा म्यानचेष्टर युनाइटेड विरुद्ध उत्रिन सक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...