सम्भावित हिंसाका कारण ‘एल क्लासिको’ भिडन्त स्थगित

एजेन्सी ।स्पेनिस ला लिगातर्फ दुई कट्टर प्रतिद्वन्द्वी बार्सिलोना र रियल मेड्रिडबीच यहि २६ अक्टुबरका दिन हुने भनिएको एल क्लासिलको भिडन्त तत्कालका लागि स्थगित गरिएको छ ।

स्पेनमा हाल क्याटलोनियाको स्वतन्त्रतालाई लिएर संघर्ष जारी छ । साथै प्रदर्शनकारीहरुले आफ्ना १२ नेताहरुको रिहाईको माग पनि गरिरहेका छन् । स्रोतका अनुसार पछिल्ला तीन रातदेखि लगातार बार्सिलोनामा क्याटलोनिया समर्थकहरुको रेली चलिरहेको छ ।

जसका कारण सम्भावित हिंसाको घट्नालाई मध्यनजर गर्दै ला लिगा म्यानेजमेण्टले एल क्लासिको भिडन्त स्थगित गरेको हो । प्रदर्शनकारीहरुले कयौं सरकारी भवनहरु र सवारी साधनहरुमा तोडफोड र आगजनी गरेको बताइएको छ । साथै हालसम्म १०० भन्दा बढी प्रदर्शनकारीहरुलाई पक्राउ गरिएको समेत स्रोतले जनाएको छ ।

उता ला लिगाले रोयल स्पेनिस फुटबल फेडरेशन समक्ष १६ डिसेम्बरका दिन एल क्लासिको गर्न प्रस्ताव पेश गरिएको छ । यद्यपि यो मिति महिनाको बीचमा भएकाले सो मितिमा एल क्लासिको हुन नसक्ने धेरैको बुझाई छ । केहीले भने उक्त क्लासिको ७ डिसेम्बरका दिन पनि हुन सक्ने अनुमान गरिरहेका छन् ।

उता बार्सिलोनाका म्यानेजर अर्नेस्टो भाल्भेर्डेले भने २६ अक्टुबरका दिन हुने भनिएको एल क्लासिको निर्धारित मिति हुने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...