फ्रेन्च स्टार पोग्बाले लिभरपुल विरुद्ध नखेल्ने

एजेन्सी । म्यानचेष्टर युनाइटेडका फ्रेन्च मिडफिल्डर पाउल पोग्बाले प्रिमियर लिगतर्फ आइतबार लिगलिडर लिभरपुल विरुद्धको महत्वपूर्ण म्याच नखेल्ने भएका छन् ।

म्यानचेष्टरको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने उक्त खेलमा २६ बर्षिय पोग्बा खेल्न नसक्ने भएपछि उनको मैदानमा उत्रिने सम्भावना समाप्त भएको हो । स्रोतका अनुसार पोग्बा हाल खुट्टाको समस्याका कारण मैदान बाहिर छन् । बीबीसीका अनुसार पोग्बाले अगस्तको अन्तिमदेखि क्लबका लागि केवल २ म्याच मात्र खेल्न भ्याएका छन् ।

पोग्बाले युनाइटेडका लागि अन्तिमपटक ३० सेप्टेम्बरका खेलेका थिए । जुन खेलमा रेड डेविल्सले आर्सनलसँग १–१ को बराबरी खेलेको थियो । उता युनाइटेडका पहिलो रोजाईका गोलरक्षक डेभिड डि हेया पनि लिभरपुल विरुद्ध खेल्नेमा आशंक व्यक्त गरिएको छ ।

स्मरण रहोस, प्रिमियर लिगको अंकतालिकामा युनाइटेड रेलिगेशन क्षेत्रको टोलीभन्दा दुई अंकले मात्र अगाडी छ । उता ठिक विपरित लिभरपुल भने ८ अंकको स्पष्ट अग्रताका साथ शिर्ष स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...