टोटेनह्यामको लज्जाजनक हार, एभर्टन पनि स्तब्ध

एजेन्सी । गत सिजन च्याम्पियन्स लिगको उपविजेता तथा प्रिमियर लिगको चौथो स्थानमा समेत रहेको टोटेनह्याम हटसपरले प्रिमियर लिगमा शनिबार ब्राईटनसँग लज्जाजनक हार बेहोरेको छ ।

ब्राईटनको घरेलु मैदान पाल्मिर स्टेडियममा सम्पन्न खेलमा मौरिसिो पोचेटिनोको टोलीले ०–३ को अप्रत्याशित हार बेहोरेको हो । ब्राईटनका लागि ३२ र ६५औं मिनटमा आरोन कोनोलीले दुई गोल गरे । त्यसपघि खेल शुरु भएको तेस्रो मिनटमै निल मौपेले ब्राईटनका लागि शुरुवाती गोल गरेका थिए ।

यो जितपछि ८ खेलबाट ९ अंक जोडेको ब्राईटन १३औं स्थानमा उक्लिएको छ । उता पराजित टोटेनह्याम भने ११ अंकका साथ आठौं स्थानमा झरेको छ ।

शनिबार नै भएका अन्य खेलहरुमा बर्नलीले एभर्टनमाथि १–० को सनसनीपूर्ण जित निकाल्यो । त्यस्तै नर्विच सिटीमाथि एस्टन भिल्लाले ५–१ को फराकिलो जित दर्ता गर्यो भने क्रिस्टल प्यालेसले वेस्ट ह्यामले २–१ ले हरायो । अर्को खेलमा वाटफोर्ड र शेफिल्ड युनाइटेडले गोलरहित बराबरी खेले ।


प्रतिक्रिया दिनुहोस

Loading...