लिभरपुलको जितमा मिल्नरको गोल निर्णायक (भिडियोसहित)

एजेन्सी । जेम्स मिल्नरले इन्जुरी समयमा पेनाल्टीबाट गोल गरेपछि लिभरपुलले यस सिजन प्रिमियर लिगमा आफ्नो शतप्रतिशत जितको यात्रालाई निरन्तरता दिएको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले लेस्टर सिटीमाथि २–१ को संघर्षपुर्ण जित निकाल्यो र

४०औं मिनटमा साडियो मानेको गोलबाट शुरुवाती अग्रता बनाएको लिभरपुलले त्यसलाई पहिलो हाफसम्म मात्र जोगाउन सक्यो । उता ८०औं मिनटमा जेम्स मेडिसनले लेस्टरका लागि बराबरी गोल फर्काएपछि पाहुना टोली लिभरपुलसँग महत्वपूर्ण १ अंक खोस्ने संघारमा समेत पुगेको थियो ।

यद्यपि खेलको अन्तिमतिर साडियो मानेलाई लेस्टरका खेलाडीले बक्स भित्र लडाएपछि भिडियो एसिस्टेन्ट रेफ्री (भार) को सहयोगमा लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो । जसलाई मिल्नरले ९०+५औं मिनटमा बिना कुनै गल्ती गोलमा परिणत गरेका थिए ।

यो जितपछि ८ खेलबाट २४ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा यथावत छ । उता लेस्टर सिटी भने १४ अंकका साथ तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...