एएफसी यु–१९ : माल्दिभ्स भारी अन्तरले पराजित

एजेन्सी । बुधबारदेखि शुरु एएफसी यु–१९ च्याम्पियनसिप छनौटतर्फ दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले आफ्नो पहिलो खेलमै भारी अन्तरको हार बेहोरेको छ ।

छनौट प्रतियोगितातर्फ समूह सी मा रहेको माल्दिभ्सले आफ्नो पहिलो खेलमा आयोजक ताजिकिस्तानसँग ९–० को फराकिलो हार बेहोरेको हो । बुधबार नै भएको सोही समूहको अर्को खेलमा सिरिया र लेबनानले भने १–१ गोलको बराबरी खेलेका छन् ।

https://twitter.com/theafcdotcom/status/1179434380307173377

यो नतिजापछि ३ अंक जोडेको ताजिकिस्तान शिर्ष स्थानमा छ । त्यस्तै १–१ अंक जोडेका सिरिया र लेबनान दोस्रो र तेस्रो स्थानमा छन् भने अंकविहीन माल्दिभ्स पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...