तुर्कमेनिस्तानसँग श्रीलंकाको सम्मानजनक हार

(तस्विर : श्रीलंका एफए)

एजेन्सी । फिफा विश्वकप छनौटको दोस्रो चरणतर्फ एसियाली छनौटको आफ्नो पहिलो खेलमा अर्को दक्षिण एसियाली राष्ट्र श्रीलंकाले बलियो तुर्कमेनिस्तानसँग सम्मानजनक हार बेहोरेको छ ।

समूह एचमा रहेको २००औं वरियताको श्रीलंकाले १३२औं वरियताको तुर्कमेनिस्तानसँग २–० को सम्मानजनक हार बेहोरेको हो । कोलोम्बोमा भएको खेलको आठौं मिनटमै वाइट ओराजसहेदोले तुर्कमेनिस्तानका लागि पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो गोल भने ५३औं मिनटमा आर्सलनमिरत अमानोले गरे ।

समूह एच तर्फ नै बिहीबार भएको पहिलो खेलमा उत्तर कोरियाले लेबनानमाथि २–० को जित निकालेको थियो । छनौट प्रतियोगितातर्फ श्रीलंकाले १० सेप्टेम्बरका दिन उत्तर कोरियाको सामना गर्नेछ भने सोही दिन तुर्कमेनिस्तानले दक्षिण कोरियासँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...