विश्वकप छनौट : जित नजिक पुगेर पनि हार्यो भारत

एजेन्सी । फिफा विश्वकप छनौटतर्फ दोस्रो चरणको एसियाली छनौटतर्फ पहिलो खेलमा जित नजिक पुगेर पनि छिमेकी मुलुक भारतले स्तब्धपुर्ण हार बेहोरेको छ । गुवाहाटीमा सम्पन्न खेलमा भारतले अन्तिम दश मिनटमा दुई गोल खान पुगेपछि ओमानसँग २–१ को हार बेहोर्न बाध्य भएको हो ।

पहिलो हाफको २४औं मिनटमै कप्तान सुनिल क्षेत्रीको गोलबाट भारतले सनसनीपूर्ण अग्रता बनाएको थियो । तर घरेलु टोलीले त्यसलाई अन्तिम दश मिनट जोगाउन सकेन ।

उता ओमानका लागि अल मान्धर रयिबा नायक रहे । ओमानको जितमा दुवै गोल रबियाले गरे । ८२औं मिनटमा पहिलो गोल गरेका रबियाले ९०औं मिनटमा दोस्रो गोल गर्दै ओमानलाई महत्वपूर्ण जित दिलाएका थिए ।

समूह ई मा रहेको भारतले आफ्नो दोस्रो गोल फिफा विश्वकप २०२२ को आयोजक राष्ट्र कतारसँग १० सेप्टेम्बरका दिन दोहामा खेल्नेछ । त्यस्तै ओमानले भने १० अक्टुबरका दिन अफगानिस्तानको सामना गर्नेछ । समूह ई मा भारत, कतार, अफगानिस्तान, ओमान र बंगलादेश रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...