बार्यन पुगे क्रोएशियन स्टार पेरिसिक

एजेन्सी । बुण्डेसलिगा च्याम्पियन बार्यन म्युनिखले इटालियन क्लब इन्टर मिलानबाट क्रोएशियन विंगर इभान पेरिसिकलाई एक बर्ष लामो लोन डीलमा अनुबन्ध गरेको छ । त्यति मात्र नभएर त्यो डील समाप्त भएपछि ३० बर्षिय पेरिसिकलाई स्थायी रुपमा अनुबन्ध गर्ने विकल्प पनि बायर्नसँग छ ।

गत जनवरीमा पेरिसिकलाई अनुबन्ध गर्न आर्सनलले पनि प्रयास गरेको थियो । त्यतिबेला उनको नाम अर्को इङलिस क्लब म्यानचेष्टर युनाइटेडसँग पनि जोडिएको थियो ।

यसअघि जर्मन जायन्ट बोरुसिया डर्टमुण्ड र वोल्फ्सबर्गबाट समेत खेलेको पेरिसिक सन् २०१५ मा इन्टर मिलानमा आवद्ध भएका थिए ।

त्यस्तै गत बर्ष रुसमा सम्पन्न फिफा विश्वकपमा क्रोएशियालाई फाइनलसम्म पुराउन पेरिसिकको पनि अहम भूमिका रहेको थियो । यद्यपि फाइनलमा क्रोएशिया फ्रान्ससँग पराजित हुन पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...