लिभरपुललाई झट्का, एलिसन मैदान बाहिर रहने निश्चित

एजेन्सी । लिभरपुलका ब्राजिलियन गोलरक्ष एलिसन बेकर पिंडौलाको चोटका कारण केही साताका लागि मैदान बाहिर रहने क्लबका म्यानेजर यर्गन क्लपले बताएका छन् ।

स्मरण रहोस, प्रिमियर लिगतर्फ सिजनको पहिलो जित हात पार्ने क्रममा म्यानचेष्टर सिटीले नरविच सिटीलाई ४–१ ले हराएको थियो । सोही खेलको ३९औं मिनटमा एलिसन चोटिल बन्न पुगेका थिए । त्यसपछि उनलाई यसै समर सिटीमा आवद्ध भएका एड्रियनले विस्थापित गरेका थिए ।

“यो खासै राम्रो छैन । एलिसन केही समयका लागि मैदान बाहिर रहनेछन् ।” कुराकानीका क्रममा म्यानेजर क्लपले भने । गत सिजन एएस रोमाबाट लिभरपुलमा आवद्ध भएका एलिसनले लिभरपुललाई च्याम्पियन्स लिग जिताउनुका साथै रेड्सलाई प्रिमियर लिगको दोस्रो स्थानमा राखेर सिजनको समापन गर्न अहम भूमिका खेलेका थिए ।

एलिसनको चोटबारे कुरा गर्दै क्लपले अगाडी भनेका छन्, “म यकिन गरेर अहिले नै केही भन्न सक्दिन । तर, उनी केही साताका लागि मैदान बाहिर रहने निश्चित छ । त्यसका लागि हामीले पर्खनै पर्छ ।”


प्रतिक्रिया दिनुहोस

Loading...