विश्वकिर्तिमानी डिफेन्डर मेग्वीरको ओल्ड ट्राफोर्ड ट्रान्सफर पूरा

एजेन्सी । म्यानचेष्टर युनाइटेडले विश्व किर्तिमार्नी मूल्यमा इङलिस डिफेन्डर ह्यारी मेग्वीरको स्थानान्तरण आधिकारिक रुपमा पूरा गरेको छ । २६ बर्षिय मेग्वीरलाई लेस्टर सिटीबाट अनुबन्ध गर्न युनाइटेडले ८० मिलियन पाउण्ड (१०,९३,४५,३७,००० रुपैया) को विश्व किर्तिमानी मुल्य तिरेको थियो । स्थानान्तरणसँगै मेग्वीर विश्वको सबैभन्दा महँगा डिफेन्डर बनेका छन् ।

यसअघि लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइक विश्वका सबैभन्दा महँगा डिफेन्डरका रुपमा थिए । भान डाइकलाई अनुबन्ध गर्न लिभरपुलले गत बर्ष ७५ मिलियन पाउण्ड तिरेको थियो । बीबीसीका अनुसार म्यानचेष्टर युनाइटेडसँग मेग्वीरले ६ बर्षको लामो अनुबन्ध गरेका छन् । साथै त्यो अनुबन्ध सम्झौतामा उनको ओल्ड ट्राफोर्ड बसाई लम्ब्याउने विकल्प पनि हुनेछ ।

“जब म्यानचेष्टर युनाइटेडले तपाईंलाई अनुबन्ध गर्न तपाईं कै अगाडी आइपुग्छ, तब त्यो एउटा शानदार अवसर भईदिन्छ ।” मेग्वीरको भनाई उद्दत गर्दै बीबीसीले लेखेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...