नोउ क्याम्पमा बार्सिलोनासँग हार्यो आर्सनल (भिडियोसहित)

एजेन्सी । बार्सिलोनाका संस्थापक, पूर्व खेलाडी तथा अध्यक्ष जोआन गेम्परको स्मृतिमा क्लबले बार्षिक रुपमा आयोजना गर्दै आएको जोआन गेम्पर ट्रफी यसपटक पनि किर्तिमानी ४२औंपटक बार्सिलोनाले जितेको छ ।

नोउ क्याम्पमा आइतबार भएको खेलमा क्याटलन जायन्टले लण्डन क्लब आर्सनललाई २–१ ले हरायो । खेलको ३६औं मिनटमा पिएरे एमरिक–औबमेयङको गोलबाट शुरुवाती अग्रता बनाएको आर्सनलले त्यसले पहिलो हाफसम्म मात्र जोगाउन सक्यो ।

उता खेलको ६९औं मिनटमा मेटलेन्ड नाइल्सले आत्मघाती गोल गर्न पुग्दा बार्सिलानोले नतिजा १–१ को बराबरीमा ल्याउँदै फर्किएको थियो । त्यसपछि खेलको अन्तिमतिर ९०औं मिनटमा लुइस सुआरेजले घरेलु टोलीका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...