कोटिफ कप : स्पेनमा भारतको गोल बर्षा

एजेन्सी । कोटिफ कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता खेल्न स्पेनमा रहेको भारतीय महिला फुटबल टोलीले आफनो तेस्रो खेलमा फराकिलो जित हात पारेको छ ।

यसअघि दक्षिण अमेरिकी राष्ट्र बोलिभियालाई २–१ ले हराएको भारतले आफ्नो तेस्रो खेलमा अफ्रिकी राष्ट्र मौरिटानियालाई ७–० को फराकिलो अन्तरले हरायो ।

भारतको जितमा दाङ्मी ग्रेस र आशालता देवीले २–२ गोल गरीन् । त्यस्तै मनिषा, बाला देवी र दया देवीले भारतीय टोलीका लागि थप एक–एक गोल गरेका थिए ।

भारतले लिग चरणको अन्तिम खेल दावेदार तथा बलियो टोली आयोजक स्पेनसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...