सिटीद्वारा कम्युनिटी शिल्डको उपाधि रक्षा (भिडियोसहित)

एजेन्सी । रोमाञ्चक जितका साथ साविक विजेता म्यानचेष्टर सिटीले यस बर्षको एफए कम्युनिटी शिल्डको उपाधि जित्न सफल भएको छ । यो जितसँगै सिटीले गत बर्ष जितेको उपाधि रक्षा गर्न समेत सफल भएको छ ।

लण्डन स्थित वेम्बली स्टेडियममा भएको खेलमा सिटीले लिभरपुललाई पेनाल्टी शुटआउटमा ५–४ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलको १२औं मिनटमै रहिम स्टर्लिङको गोलबाट शुरुवाती अग्रता बनाएको सिटीले त्यसलाई खेलको अन्तिमतिर जोगाउन सकेन । उता ७८औं मिनटमा लिभरपुलका लागि जोएल मेटिपले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

त्यसपछिको पेनाल्टी शुटआउटमा लिभरपुलका डच मिडफिल्डर जर्जिनियोले पेनाल्टी मिस गरेपछि सिटीले लिभरपुलमाथि रोमाञ्चक जित हात पार्न सफल भएको थियो । समग्रमा सिटीको यो छैठौं कम्युनिटी शिल्ड उपाधि पनि हो भने नयाँ सिजनको पहिलो उपाधि समेत हो ।


प्रतिक्रिया दिनुहोस

Loading...