१३ वर्ष कैद सजाय पाएका पेलेका छोराद्वारा आत्मसमर्पण

एजेन्सी फागुन १६ / महान फुटबल खेलाडी पेलेका छोराले विभिन्न अपराधको घटनामा ब्राजिलको अदालतले तोकेको १३ वर्षको सजाय भुक्तानका लागि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। ब्राजिललाई तीन पल्ट विश्वकप फुटबलको उपाधि दिलाएका पेलेका छोरा एड्सन सात छोरामध्येका एक हुन्।

४६ वर्षीय पूर्व गोलरक्षकले प्रहरीसमक्ष आत्मसम्पर्ण गर्नुअघि सान्तोषमा आफूलाई एकपल्ट फेरि आफूलाई लागु औषधको कारोबारी भनिएकोमा दुःख व्यक्त गरे। उनले मनि–लान्ड्रीङको आरोपमा सहमति जनाएपनि आफूले लागु औषधको कारोबार नगरेको स्पष्ट पार्न खोजे।

पेलेका छोरा एड्सन नासिमेन्टोलाई लागु औषधको कारोबार र मनि–लान्ड्रीङको मुद्धामा अदालतले यसै साता १३ वर्षको सजाय तोकेको थियो। पहिले अदालतले ३३ वर्षको सजाय तोकेको थियो। यसलाई घटाएर १३ बनाएपछि उनी गत शुक्रबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। सन् २०१४ मा उनलाई ३३ वर्षको सजाय सुनाइएको थियो।

एड्सनलाई फोनमा उनले गरेको वार्ताको आधारमा प्रहरीले पक्राउ गरेको थियो। उनले आफूले लागु औषध सेवन गर्ने गरेको बताउदै आफूलाई कारोबारी भन्नु अन्याय हुने बताए।

 उनले २००५ मा पहिलो पल्ट प्रहरीले लागु औषध कारोबारी समूहको बीचबाट पक्राउ गरेको थियो। त्यतिबेला उनी ६ महिना जेल बसेका थिए र धरौटीमा रिहा भए। पेलेले त्यतिबेला आफ्नो छोरालाई अबोध भन्दै सुरक्षा गर्न खोजेका थिए।


प्रतिक्रिया दिनुहोस

Loading...