भारतीय महिला फुटबल टोलीले स्पेनमा पाँच देशीय ‘कोटिफ कप’ खेल्ने

एजेन्सी । गत बर्ष नेपालमा सम्पन्न साफ च्याम्पियनसिपको उपाधि जितेको भारतीय महिला फुटबल टोलीले युरोपियन पावर हाउस स्पेनमा पाँच देश सम्मिलित कोटिफ कप खेल्ने भएको छ ।

स्पेनमा यहि आउँदो अगस्त १ तारीदेखि शुरु हुन गईरहेको प्रतियोगितामा भारतसँगै आयोजक स्पेन, गुएना, बोलिभिया र मौरिटानिया रहेका छन् । भारतले आफ्नो पहिलो खेल १ अगस्तका दिन गुएनासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

त्यस्तै अगस्त ३ तारीखका दिन बोलिभियासँग खेल्नेछ भने त्यसको भोलीपल्ट मौरिटानिया विरुद्ध खेल्नेछ । भारतले लिग चरणको अन्तिम खेलमा अगस्त ५ तारीखका दिन स्पेनसँग भिड्नेछ । प्रतियोगिताको फाइनल खेल भने अगस्त ८ तारीखका दिन हुनेछ ।

भारतीय महिला फुटबल टोलीकी मुख्य प्रशिक्षक मेमोल रोकीले भारतीय टोलीले हाल फुटबलमा धेरै प्रगति गरेको बताउँदै आफ्नो टोलीले अब बलिया विपक्षीहरु विरुद्ध खेल्न तयार रहेको बताएकी छिन् । प्रतियोगितामा सहभागिता जनाउन तथा आवश्यक तयारीका लागि भारतीय महिला फुटबल टोली स्पेन पुगिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...