बार्सिलोनाका खेलाडीहरुसँग चर्चित अटोमोबाइल कम्पनी औडीले माग्यो आफ्नो कारहरु फिर्ता

एजेन्सी । चर्चित जर्मन अटोमोबाइल कम्पनी औडीले बार्सिलोनाका खेलाडीहरुलाई निःशुल्क दिएको आफ्ना कारहरु फेरि फिर्ता मागेको छ । रिपोर्टअनुसार औडी र बार्सिलोनाबीचको सम्झौता समाप्त भएपछि कम्पनीले बार्साका खेलाडीहरुसँग आफ्ना कारहरु फिर्ता मागेको हो ।

स्मरण रहोस, औडी र बार्सिलोनाबीच गत बर्ष मात्र यो प्रायोजन सम्झौता भएको थियो । त्यसबापत कम्पनीले बार्सा स्टार लियोनल मेसी लगायत सबै खेलाडीहरुलाई निःशुल्क औडी कारहरु दिएको थियो । हाल स्पेनीस अखबार डायरियो एएसका अनुसार औडी र बार्सिलोनाबीचको सम्झौता गत जुन ३० तारीखदेखि सकिएको छ र जर्मन कम्पनीले बार्साका खेलाडीहरुसग आफ्नो कारहरु फिर्ता गर्न बताएको छ ।

https://twitter.com/ODDSbible/status/1152605925322252288

स्मरण रहोस, जतिबेला औडी र बार्सिलोनाबीच प्रायोजन सम्झौता भएको थियो । त्यतिबेला मेसीले १७ करोड भन्दा बढी मूल्य पर्ने औडी आरएस सीक्स रोजेका थिए । साथै लुईस सुआरेज, सर्जियो बस्केट्स लगायतका बार्सा स्टारहरुले पनि महँगो कारहरु रोजेका थिए । तर अब ती सबै कारहरु उनीहरुले कम्पनीलाई फिर्ता गर्नुपर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...