जिदान भन्छन् “रियल मेड्रिड छोड्ने संघारमा बेल”

एजेन्सी । स्पेनिस जायन्ट रियल मेड्रिडका म्यानेजर जिनेदिन जिदानले क्लबका वेल्स फरवार्ड गारेथ बेल बर्नबेयु छाड्ने प्रक्रिया नजिक पुगेको बताएका छन् । स्मरण रहोस, प्रिसिजन म्याचतर्फ शुक्रबार अमेरिका रियलले बायर्न म्युनिखसँग १–३ को हार बेहोर्दा ३० बर्षिय बेल टोलीमा थिएनन् ।

खेलपश्चा पत्रकारहरुसँग कुरा गर्दै जिदानले भने, “हामीलाई आशा छ, उनले छिटै क्लब छोड्ने छन् । यो सबैका लागि राम्रो हुनेछ । हामी उनको स्थानान्तरणका लागि क्लब खोजिरहेका छौं ।” साथै जिदानले बेलसँग आफुनो कुनै व्यक्तिगत मनमुटाव नरहेको समेत स्पष्ट पारेका छन् ।

सन् २०१३ मा टोटेनह्यामबाट त्यतिबेलाको किर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा रियल आएका बेलको अनुबन्ध अझै तीन बर्ष बाँकी छ । बर्नबेयुमा रहँदा प्रतिष्ठित चार च्याम्पियन्स लिग जितेका बेललाई अनुबन्ध गर्न उनकै पुरानो क्लब टोटेनह्याम, म्यानचेष्टर युनाइटेड, बायर्न म्युनिख र चाइनिज क्लब पनि इच्छुक रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...