सिटीलाई हराउँदै वोल्भ्स एसिया ट्रफी च्याम्पियन (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी शनिबार सम्पन्न एसिया ट्रफीको फाइनलमा पराजित भएको छ । चीनको सांघाईमा भएको फाइनल भिडन्तमा सिटीले अर्को प्रिमियरशिप क्लब वोल्भरह्याम्पटनसँग पेनाल्टी शुटआउटमा ३–२ को स्तब्धपुर्ण हार बेहोरेको हो ।

यसअघि सांघाई स्थित होंगकु फुटबल स्टेडियममा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । स्मरण रहोस्, फाइनल प्रवेश गर्ने क्रममा सिटीले वेस्ट ह्याम युनाइटेडलाई ४–१ ले हराएको थियो भने वोल्भरह्याम्पटनले न्युक्यासल युनाइटेडलाई ४–० ले पराजित गरेको थियो ।

त्यसैगरी शनिबार नै सोही स्टेडियममा तेस्रो स्थानका लागि भएको प्ले अफ म्याचमा न्युक्यासलले वेस्ट ह्यामलाई १–० ले हराउँदै तेस्रो स्थान हासिल गर्यो । न्युक्यासलको जितमा खेलको ३४औं मिनटमा योशिनोरी मुटोले एक मात्र निर्णायक गोल गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...