एजेन्सी । म्यानचेष्टर युनाइटेडले आफ्ना स्ट्राइकर रोमेलु लुकाकुका लागि इटालियन क्लब इन्टर मिलानले राखेको ६० मिलियन युरोको प्रस्ताव अस्वीकार गरेको छ ।
रिपोर्टअनुसार इन्टरले राखेको प्रस्ताव युनाइटेडलाई अमान्य भएको छ । स्मरण रहोस, रेड डेभिल्सले दुई बर्ष अघि २६ बर्षिय यी बेल्जियन स्टारका लागि ७५ मिलियन पाउण्ड खर्चिएको थियो ।
Manchester United reject Inter Milan's offer for Romelu Lukaku https://t.co/iBrF8yTujL #FOOTBALL pic.twitter.com/fGqYgzFNMn
— Footy News Media ⚽️ (@FootyNewsMedia) July 20, 2019
उता इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले सार्वजनिक रुपमै लुकाकुलाई अनुबन्ध गर्न चाहेको बताइसकेका छन् । उता इन्टरका अर्जेन्टिनी फरवार्ड माउरो इकार्डी क्लबको प्रिसिजन टुरका लागि एसिया भ्रमणमा टोलीसँग गएका छैनन् । रिपोर्टअनुसार इकार्डी इन्टर छाड्ने मनसायमा पुगिसकेका छन् । त्यसले पनि इटालियन जायन्ट लुकाकुलाई अनुबन्ध गर्न प्रयासरत रहेको बताइएको छ ।
उता प्रिसिजिन टुरका लागि म्यानचेष्टर युनाइटेड अष्ट्रेलिया भ्रमणमा जाँदा लुकाकु टोलीमा थिएनन् । त्यसबारे बोल्दै युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्सायरले लुकाकु चोटि रहेकोले टोलीसँग प्रिसिन टुरमा नगएको स्पष्टोक्ति दिएका छन् ।