इण्डियानामा लिभरपुलको हार (भिडियोसहित)

एजेन्सी । प्रिसिजन टुरका लागि हाल अमेरिकामा रहेको लिभरपुलले जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग २–३ को हार बेहोरेको छ । नोट्रे ड्याम युनिभर्सिटी स्टेडियममा भएको खेलको तेस्रो मिनटमै पाको अल्कासेरले डर्टमुण्डका लागि पहिलो गोल गरेका थिए ।

यद्यपि पहिलो हाफ कै ३५औं मिनटमा लिभरपुलका लागि ह्यारी विल्सनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । पहिलो हाफसम्म १–१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफतिर डर्टमुण्डले ने फेरिन अग्रता बनाउन सफल भएको थियो । खेलको ५३औं मिनटमा थोमस डेलानीले जर्मन क्लबका लागि दोस्रो गोल गरे भने लगते ५८औं मिनटमा ज्याकोब लार्सनले तेस्रो गोल गरे ।

https://twitter.com/LFC/status/1152397841127673857

उता खेलको अन्तिमतिर ७५औं मिनटमा लिभरपुलका लागि रियान ब्रेस्टरले दोस्रो गोल फर्काए तापनि रेड्सले हार टार्न सकेन । स्मरण रहोस, प्रिसिजन टुरमा उत्कृष्ट प्रदर्शन गरिरहेका १९ बर्षिय ब्रेस्टरले लिभरपुलका लागि पछिल्ला दुई खेलमा पनि गोल गरेका थिए । लिभरपुलले आफ्नो खेल आइतबार सेभियासँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...