जापानीज क्लबसँग हार्यो चेल्सी (भिडियोसहित)

एजेन्सी । प्रिसिटन टुरका लागि हाल जापान भ्रमणमा रहेको लण्डन क्लब चेल्सीले शुक्रबार जे लिग क्लब कावासाकी फ्रोन्टेलसँग १–० को स्तब्धपुर्ण हार बेहोरेको छ । चेल्सीको जिम्मेवारी सम्हालेपछि क्लब लिजेण्ड तथा म्यानेजर फ्रान्क लाम्पार्डको पनि यो पहिलो हार समेत हो ।

https://twitter.com/ChelseaFC/status/1152184525226516481

कावासाकीका लागि खेलको अन्तिमसितर ८६औं मिनटमा ब्राजिलियन स्ट्राइकर लिआन्ड्रो डामिआओले एक मात्र निर्णायक गोल गरे । प्रिसिजन टुरतर्फ चेल्सीले आफ्नो आगामी खेल साइतामा स्टेडियममा स्पेनिस च्याम्पियन बार्सिलोनासँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...