लगातार दोस्रो जितका साथ फ्रान्स सेमिफाइनलमा

फ्रान्सको जितमा एक मात्र निर्णायक गोल गरेका विल्सन ।

एजेन्सी । अर्मेनियामा जारी युइएफए यु–१९ युरोतर्फ लगातार दोस्रो जित हात पार्दै दावेदार मध्ये एक फ्रान्स प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राती भएको समूह बी तर्फको आफ्नो दोस्रो खेलमा आयरल्याण्डलाई १–० ले हराउँदै फ्रान्सले एक खेल खेल्नु अघि नै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।

बिहीबारको खेलमा फ्रान्सका लागि ८३औं मिनटमा विल्सन इसीडोरले एक मात्र निर्णायक गोल गरे । फ्रान्सले यसअघि आफ्नो पहिलो खेलमा चेक रिपब्लिकलाई हराएको थियो । उता बिहीबार नै भएको अर्को खेलमा चेक रिपब्लिक र नर्वेले गोलरहित बराबरी खेले ।

बिहीबारको नतिजापछि २ खेलबाट ६ अंक जोडेको फ्रान्स शिर्ष स्थानमा छ । त्यस्तै २ अंक जोडेको नर्वे पुछारमा छ भने १–१ अंक जोडेका आयरल्याण्ड र चेक रिपब्लिक क्रमश तेस्रो र चौथो स्थानमा छन् । समूह बी बाट नर्वे, आयरल्याण्ड र चेक रिपब्लिक तीनै टोलीको सेमिफाइनल प्रवेशको सम्भावना कायम छ ।


प्रतिक्रिया दिनुहोस

Loading...