नेमारको ध्यान अब प्रिमियर लिगतर्फ

एजेन्सी । आफ्नो पूर्वक्लब बार्सिलोनामा फर्कने सम्भावना अनिश्चित बन्दै गर्दा पेरिस सेन्ट जर्मेन (पिएसजी) छोड्न आत्तुर ब्राजिलियन स्टार नेमार इङलिस जायन्ट म्यानचेष्टर युनाइटेड जान इच्छुक रहेको रिपोर्ट बाहिर आएको छ । द सनको रिपोर्टअनुसार बार्सिलोनाले नेमारका लागि १९८ मिलियन पाउण्ड खर्चन नसक्दा उनको नोउ क्याम्प स्थानान्तरण अनिश्चित बनेको हो ।

स्पेनीस आउटलेट मुन्डो डिपोर्टिवोका अनुसार पिएसजीमा असन्तुष्ट रहेका नेमार जुनसुकै हालतमा पनि पेरिस छाड्न चाहन्छन् । उनको बार्सिलोना फर्किने इच्छा पनि स्थानान्तरण रकममा अल्झिएपछि हाल उनको नजर ओल्ड ट्राफोर्डतर्फ मोडिएको छ । तर रिपोर्टको दावीअनुसार युनाइटेड आगामी सिजनका लागि च्याम्पियन्स लिगमा छनौट नभएकाले नेमारको ओल्ड ट्राफोर्ड स्थानानतरण पनि अनिश्चित छ ।

२७ बर्षिय नेमारको पहिलो रोजाइृ बार्सिलोना नै रहेको बताइएको छ । तर बार्साले भर्खरै महँगो रकम खर्चिएर फ्रेन्च स्टार एन्टोइन ग्रीजम्यानलाई भित्राएपछि क्याटलन जायन्टसँग नेमारलाई अनुबन्ध गर्ने प्रर्याप्त रकम नभएको बुझिाएको छ । नेमारले पेरिस छोडे उनी ठूला क्लबमा जाने निश्चित छ । त्यसमा पनि म्यानचेष्टर युनाइटेड उनको नजरमा छ ।

तर युनाइटेडले आगामी सिजन युरोपा लिग खेल्ने भएकाले नेमारले सो लिगमा आफूलाई भिडाउनु अलिकति सहज महशुस गर्ने छैनन् । यद्यपि युनाइटेड बाहेक यी ब्राजिलियन स्टारको नजरमा रियल मेड्रिड, युभेन्ट्स र बायर्न म्युनिख जस्ता ठूला क्लब पनि छन् ।

तर उनको अन्तिम गन्तव्य कता भनेर निश्चित भई नसके तापनि विभिन्न सञ्चारमाध्यमहरुको रिपोर्टलाई आधार मान्ने हो भने नेमारले यस समर पेरिस छाड्ने सम्भावना बलियो रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...