आर्सनलसँग बायर्न स्तब्ध (भिडियोसहित)

एजेन्सी । इन्टरनेशनल च्याम्पियन्स कपतर्फ आर्सनलले बिहीबार जर्मन बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखलाई हराउँदै प्रतियोगितामा बिजयी शुरुवात गरेको । लस एन्जल्समा सम्पन्न खेलमा आर्सनलले बायर्नमाथि २–१ को जित निकाल्यो ।

खेलको ४९औं मिनटमा लुइस पोज्नान्स्कीले आत्मघाती गोल गरेपछि बायर्न दोस्रो हाफको शुरुवात मै पछि पर्न पुगेको थियो । यद्यपि ७१औं मिनटमा स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा फर्काएका थिए । तर बायर्नले त्यो बराबरी अन्तिम सम्म जोगाउन सकेन ।

उता खेलको ८८औं मिनटमा एड्डि निकिटियाहले क्लोज रेन्जबाट गोल गर्दै आर्सनललाई निर्णायक जित दिलाए । आर्सनलले आफ्नो आगामी खेल आउँदो शनिबार इटालियन क्लब फियोरेन्टिनासँग खेल्नेछ भने सोही दिन बायर्नले बलियो रियल मेड्रिडको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...