अफ्रिका कप अफ नेशन्स : नाइनेरिया तेस्रो (भिडियोसहित)

एजेन्सी । साँघुरो जितका साथ नाइजेरियाले इजिप्टमा जारी अफिका कप अफ नेशन्समा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । बुधबार राती कायरोमा भएको तेस्रो स्थानको प्ले अफमा नाइजेरियाले ट्युनिसियालाई १–० को झिनो अन्तरले हरायो ।

खेलको तेस्रो मिनटमै ओडिअन इगालोले गरेको एक मात्र गोल खेलको निर्णायक बन्यो । ३० बर्षिय इगालो जारी प्रतियोगिताको सर्वोच्च गोलकर्ता समेत हुन् । उनले हालसम्म कुल ५ गोल गरिसकेका छन् ।

तीनपटकको विजेता समेत रहेको नाइजेरियाले यो जितसँगै यस प्रतियोगितामा आठौंपटक तेस्रो स्थान हासिल गरेको छ । स्मरण रहोस्, नाइजेरियाले सेमिफाइनलमा अल्जेरियासँग २–१ को हार बेहोरेको थियो भने ट्युनिसियाले सेनेगलसँग १–० को हार बेहोरेको थियो ।

उता उपाधिका लागि अल्जेरिया र सेनेगल शुक्रबार कायरोमा फाइनल खेल्दैछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...