आर्सनलका कप्तानद्वारा प्रि–सिजन टुरमा जान अस्वीकार

एजेन्सी । इङलिस क्लब आर्सनलका कप्तान तथा डिफेन्डर लाउरेन्ट कोसाइल्नीले टोलीसँग प्रि–सिजन टुरका लागि अमेरिका जान अस्वीकार गरेका छन् । ३३ बर्षिय यी फ्रेन्च डिफेन्डर र आर्सनलबीच गत सिजनको समापनसँगै सम्झौता पनि सकिएको छ ।

साथै रिपोर्टअनुसार उनलाई अनुबन्ध गर्न रेनेस, लियोन जस्ता फ्रेन्च क्लब इच्छुक समेत छन् । लाउरेन्टको यो व्यवहारप्रति आर्सनले असन्तुष्टी पोख्दै वक्तव्य समेत जारी गरेको छ ।

सन् २०१० मा १० मिलियन पाउण्डमा आर्सनलमा आवद्ध भएका यी सेन्टर ब्याक डिफेन्डरले गनर्सका लागि ३५३ म्याच खेल्दै दुइृ एफए कप उपाधि समेत जितेका छन् । गत सिजन उनले आर्सनलका लागि समग्रमा ३० म्याच खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...