लिभरपुलसँग बेल्जियन स्टारको नयाँ सम्झौता

एजेन्सी । लिभरपुलका बेल्जियन स्ट्राइकर डिभोक ओरिगीले क्लसँग थप नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । सन् २०१४ मा लिलेबाट पाँच बर्षका लागि एनफिल्डमा आवद्ध भएका ओरिगीले केही सिजन लिले र वोल्फ्सबर्गमा लोनमा बिताएका थिए ।

यद्यपि गत सिजन च्याम्पियन्स लिगमा लिभरपुलका लागि उनको लय शानदार रह्यो । सेमिफाइनलमा बार्सिलोना विरुद्ध २ गोल गर्दै सनसनी मच्याएका २४ बर्षिय फरवार्डले फाइनलमा टोटेनह्यामलाई हराउँदा पनि लिभरपुलका लागि गोल गरेका थिए ।

नयाँ सम्झौता गरेपछि ओरिगीले आफू सधै एनफिल्ड मै बस्न चाहेको प्रतिक्रिया दिएका थिए । सन् २०१४ को विश्वकपमा प्रभावशाली प्रदर्शन गरेपछि उनी लिभरपुलको नजरमा परेका थिए । त्यतिबेला रेडसले उनलाई केवल १० मिलियन पाउण्ड तिरेको थियो । तर अहिले युरोपियन फुटबल मार्केटमा हट केक बनेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...