मोरिन्हो भन्छन् – इब्राहिमोविच ४० वर्षसम्म खेल्न सक्छन्

फागुन १५ – जाल्टन इब्राहिमोविच ४० वर्षसम्म खेल्न सक्ने म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले बताएका छन् । अहिले ३५ वर्ष पुगेका इब्राहिमोविच यही सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आएका हुन् । युनाइटेडसँग एक वर्षको मात्रै सम्झौता गरेका इब्राहिमोविच अर्को सिजन पनि क्लबमै रहने संकेत मोरिन्होको भनाईले गरेको छ ।

प्रशिक्षक मोरिन्होले इब्राहिमोविचसँग ४० वर्षसम्म खेल्न सक्ने क्षमता रहेको बताए । स्काइ स्पोर्टससँगको अन्तर्वाताको क्रममा मोरिन्होले इब्राहिमोविच उमेर बढ्दै जाँदा झन उत्कृष्ट खेलाडी बन्दै गएको बताए । इन्टर मिलानमा हुँदा भन्दा इब्राहिमोविच अहिले झन उत्कृष्ट रहेको उनले मोरिन्होले बताए ।

इब्राहिमोविच अहिले खेललाई झन राम्रोसँग बुझ्ने भएको उनको भनाई छ । उनले भने ‘इब्राहिमोविचसँग नेतृत्व गर्ने क्षमता छ । उनीसँग विशेष क्षमता छ, युवा खेलाडीको राम्रो ख्याल गर्छन् ।’ यही सिजन युनाइटेड आएका इब्राहिमोविचले अहिलेसम्म क्लबका लागि २४ गोल गरेका छन् । उनले प्रिमियर लिगमा मात्रै १५ गोल गरिसकेका छन् । उनले सबै प्रतियोगितामा गरेर ९ खेलमा विजयी गोल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...