रोनाल्डोपछि मेसीद्वारा शिर्ष स्थान कब्जा

एजेन्सी । बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसी बार्षिक रुपमा सर्वाधिक कमाई गर्ने खेलाडीहरुको सूचीमा शिर्ष स्थानमा परेका छन् । फोब्र्सले जारी गरेको शिर्ष १०० खेलाडीहरुको वरियतामा मेसीले १२७ मिलियन डलर (१४ अरब ९ करोड ३१ लाख ९० हजार रुपैयाँ) का साथ शिर्ष स्थानमा कब्जा जमाएका हुन् ।

त्यस्तै मेसीकै परस्पर प्रतिद्वन्द्वी तथा युभेन्ट्सका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो १०९ मिलियन अमेरिकी डलर (१२ अरब ९ करोड ५७ लाख ३० हजार रुपैयाँ) का साथ दोस्रो स्थानमा छन् । त्यस्तै यो सूचीको तेस्रो स्थानमा पनि फुटबलरले नै कब्जा जमाएको छ ।

रोचक कुरा त यो सूचीको शिर्ष तीनमा पहिलोपटक तीन फुटबलरहरुले कब्जा जमाएका हुन् । साथै रोनाल्डोपछि यो सूचीको शिर्ष स्थान कब्जा गर्ने मेसी पहिलो फुटबलर समेत हुन् ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेमार १०५ मिलियन अमेरिकी डलर (११ अरब ६५ करोड १८ लाख ५० हजार रुपैयाँ) का साथ तेस्रो स्थानमा छन् ।

त्यसैगरी गत बर्ष यो सूचीको शिर्ष स्थानमा रहेका अमेरिकी चर्चित बक्सर फ्लोयड मेवेदरले आफ्नो त्यो स्थान गुमाएका छन् । मेवेदरले सन् २०१७ यता व्यवसायीक भिडन्तमा सहभागिता जनाएका छैनन् । उनले गत डिसेम्बरमा जापानीज बक्सरसँग एउटा प्रदर्शनी म्याच मात्र भिडेका थिए ।

त्यस्तै यो सूचीको शिर्ष १०० मा पर्ने अमेरिकी टेनिस स्टार सेरेन विलियम्स एक मात्र महिला खेलाडी हुन् । सेरेनाले कुल २९.२ मिलियन अमेरिकी डलर कमाई गरेकी छन् । रिपोर्टअनुसार फोब्र्सले सन् २०१८ को जुनदेखि २०१९ को जुनसम्म खेलाडीहरुले प्राप्त गरेको पुरस्कार रकम, पारिश्रमिक र अन्य आम्दानीहरुलाई जोडेर यो तथ्यांक तयार पारिएको बताइएको छ ।

यो सूचीको शिर्ष दशमा पर्ने खेलाडीहरु यसप्रकार छन्

१) लियोनल मसी (१२७ मिलियन डलर)

२) क्रिष्टियानो रोनाल्डा (१०९ मिलियन डलर)

३) नेमार (१०५ मिलियन डलर)

४) क्यानेलो अल्वारेज (९४ मिलियन डलर)

५) रोजर फेडरर (९३.४ मिलियन डलर)

६) रसेल विल्सन (८९.५ मिलियन डलर)

७) आरोन रोजर्स (८९.३ मिलियन डलर)

८) लेबरोन जेम्स (८९ मिलियन डलर)

९) स्टेफन कर्री (७९.८ मिलियन डलर)

१०) केभिन डुरान्ट (६५.४ मिलियन डलर)


प्रतिक्रिया दिनुहोस

Loading...