फिफा यु–२० विश्वकप : दक्षिण कोरिया पहिलोपटक फाइनलमा

एजेन्सी । एसियाली राष्ट्र दक्षिण कोरिया आफ्नो फुटबल इतिहास मै पहिलोपटक पोल्याण्डमा जारी फिफा यु–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । लुब्लिन स्थित लुब्लिन स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा दक्षिण कोरियाले इक्वेडरलाई १–० ले हराउँदै फाइनल स्थान पक्का गर्यो ।

कोरियाका लागि पहिलो हाफको ३९औं मिनटमा चोइ जुनले एक मात्र निर्णायक गोल गरे । स्मरणीय छ, दक्षिण कोरियाले यहि मैदानमा दावेदार मानिएको आफ्नो छिमेकी प्रतिद्वन्द्वी जापानलाई नकआउट चरणमा हराएको थियो ।

https://twitter.com/FIFAcom/status/1138543160915894277

दक्षिण कोरियाले अब फाइनलमा युक्रेनको सामना गर्दैछ । युक्रेनले मंगलबार नै भएको पहिलो सेमिफाइनलमा इटालीलाई १–० ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो । युक्रेनको पनि यो पहिलो फाइनल हो । फाइनल खेल शनिबार लोज स्टेडियममा दक्षिण कोरिया र युक्रेनबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...