एजेन्सी । डिफेन्डिङ च्याम्पियन अमेरिकाले जारी फिफा महिला विश्वकपमा फराकिलो र किर्तिमानी जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ । मंगलबार रिम्समा सम्पन्न समूह एफतर्फको आफ्नो पहिलो खेलमा दावेदार अमेरिकाले एसियाली राष्ट्र थाइल्याण्डमाथि १३–० को एकतर्फी जित निकाल्यो ।
महिला विश्वकपको इतिहासमा यो अहिलेसम्म कै सबैभन्दा फराकिलो अन्तरको जित समेत हो । यसअघि महिला विश्वकपको इतिहासमा सबैभन्दा ठूलो जितको किर्तिमान जर्मनीको नाममा थियो । जर्मनीले २००७मा अर्जेन्टिनालाई ११–० ले हराएको थियो ।
https://twitter.com/BBCSport/status/1138672273806594048
महिला विश्वकपमा यसअघि अमेरिकाले सबैभन्दा ठुलो जित सन् १९९१ मा हासिल गरेको थियो । त्यतिबेला अमेरिकाले अर्को एसियाली राष्ट्र चाइनिज ताइपेईलाई ७–० ले हराएको थियो । समूह एफ मै रहेको स्वीडेनले मंगलबार चिलीमाथि २–० को जित निकाल्दै बिजयी शुरुवात गर्यो ।