फराकिलो हारसँगै विश्वकप छनौटबाट बाहिरियो भुटान

(तस्विर : एएफसी)

एजेन्सी । फिफा विश्वकप २०२२ को पहिलो चरणको एएफसी छनौटतर्फ दोस्रो लेगमा भुटानले फराकिलो हार बेहोर्द छनौट प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार भएको दोस्रो लेगको खेलमा भुटानले गुआमसँग ५–० को हार बेहोर्दै समग्रमा ५–१ को भिन्नतासहित छनौट प्रतियोगिताबाट बाहिरिएको हो ।

यसअघि घरेलु मैदान थिम्पुमा भएको पहिलो लेगको खेलमा भुटानले १–० को प्रभावशाली जित निकालेको थियो । यद्यपि भुटानले सोही प्रदर्शनलाई मंगलबार गुआमको घरेलु मैदानमा दोहोर्याउन सकेन ।

गुआमको जितमा कप्तान जेसन रेयानले खेलको २३, २७, ८२ र ९०+४औं मिनटमा चार गोल गर्दै ह्याट्रिक पनि पूरा गरे । त्यस्तै थप एक गोल ५१औं मिनटमा शेन मेलकमले गरेका थिए । यो नतिजासँगै गुआम विश्वकपको एसियाली छनौटतर्फ दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...