युरोपा लिगको ड्र सार्वजनिक

फागुन १४ (एजेन्सी) / युरोपा लिगको १६ वटै टिमको टुँगो लागेपछि ‘ड्र’ सार्वजनिक भएको छ। म्यानचेस्टर युनाइटेडले युरोपा लिगअन्तर्गत अन्तिम १६ को खेलमा रुसको रोस्तोभलाई प्रतिद्वन्दी फेला पारेको छ।

युरोपा लिगमा रोस्तोभ कमजोर टोली मानिन्छ। यो क्लबलाई ९३ वरियता दिइएको छ। रुसी लिगमा क्लब सातौं स्थानमा छ। अन्तिम १६ का खेलहरू मार्च ९ र १६ मा हुँदैछन्।

अन्य क्लबको ‘ड्र’ यसप्रकार रहेको छ।

सेल्टा भिगो(स्पेन) विरूद्ध क्रास्नोदार (रुस)

एपिओइल निकोसिया(साइप्रस) विरूद्ध एन्डरलेच्ट(बेल्जियम)

साल्के(जर्मनी) विरूद्ध बोरुसिया मोनचेनग्लाड(जर्मनी)

लियोन(फ्रान्स) विरूद्ध रोमा (इटाली)

रोस्तोभ(रुस) विरूद्ध म्यानचेस्टर युनाइटेड(इङ्ल्यान्ड)

ओलम्पियाकोस(ग्रीस) विरूद्ध बेसिक्टास(टर्की)

जेन्ट(बेल्जियम) विरूद्ध जेन्क(बेल्जियम)

कोपेनहेगन(डेनमार्क) विरूद्ध आयाक्स(नेदरल्यान्ड्स)


प्रतिक्रिया दिनुहोस

Loading...