व्यवसायीक फुटबलबाट पर्सीको सन्यास, अन्तिम खेल पनि सुखद बनेन

एजेन्सी । चर्चित डच फरवार्ड रोबिन भान पर्सीको व्यवसायीक फुटबल करियर आइतबार हारका साथ समाप्त भएको छ । आइतबार अडो डेन हागसँग पराजित हुन पुगेको पर्सीको टिम फेयनुडले आफ्ना स्टार फरवार्डको बिदाई पनि सुखद रुपमा गर्न सकेन ।

अब सिजनको अन्तिम खेलका रुपमा फेयनुडले फच्र्युना सिटार्ड विरुद्ध बुधबार खेल्दा ३५ बर्षिय पर्सी टोलीमा हुने छैनन् । १७ बर्षको उमेरमा रोटरड्यामका लागि व्यवसायीक डेब्यु गरेका पर्सीले नेदरल्याण्डसको राष्ट्रिय टोलीबाट १०२ खेल खेल्दै ५० गोल समेत गरेका थिए ।

आफ्नो अधिकांश व्यवसायीक करियर इङल्याण्डमा बिताएका पर्सीले आर्सनलका लागि खेल्दा प्रतिष्ठित एफए कप र म्यानचेष्टर युनाइटेडका लागि खेल्दै इङलिस प्रिमियर लिगको उपाधि पनि जितेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...