बार्सिलोनालाई जितको स्वाद, रियल मेड्रिड हार्यो

एजेन्सी । स्पेनीस ला लिगातर्फ आइतबार लिग च्याम्पियन बार्सिलोनाले जत हात पार्दा उसको परस्पर प्रतिद्वन्द्वी रियल मेड्रिडले भने हार बेहोरेको छ ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग बेहोरेको हारको पिडा बिर्सदै बार्सिलोनाले आइतबार गेटाफेलाई २–० ले हरायो । बार्सिलोनाको जितमा खेलको ३९औं मिनटमा आर्टुरो भिडालले पहिलो गोल गरेका थिए । त्यस्तै ८९औं मिनटमा जेन डाकोनामले आत्मघाती गोल गर्दा बार्सा समग्रमा २–० ले बिजयी भयो ।

यो जितसँगै ३७ खेलबाट ८६ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा यथावत छ । उता पराजित गेटाफे भने यो हारसँगै ५८ अंकका साथ शिर्ष चारभन्दा तल पाँचों स्थानमा झरेको छ ।

उता आइतबार नै भएका अन्य खेलहरुमा रियल मेड्रिडले रियल सोसिडाडसँग १–३ को स्तब्धपुर्ण हार बेहोर्यो । हारका बावजुद रियल ६८ अंकका साथ तेस्रो स्थानमा यथावत छ । उता सोसिडाड भने ५० अंकका साथ आठौं स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...