इङलिस प्रिमियर लिग सबैभन्दा कठिन : गार्डिओला

एजेन्सी । लगातार दोस्रोपटक लिग उपाधि जित्ने योजनामा रहेको म्यानचेष्टर सिटीका म्यानेजर पेप गार्डिओलाले प्रिमियर लिगलाई सबैभन्दा कठिन लिग भएको बताएका छन् ।

स्मरणीय छ, सिटीले यदि सोमबार लेस्टर सिटीलाई र आउँदोे आइतबार ब्राईटनलाई हराउन सके गार्डिओलाको टिमले लगातार दोस्रोपटक प्रिमियर लिगको उपाधि उचाल्नेछ ।

स्पेन र जर्मनीमा म्यानेजरका रुपमा थुप्रै उपाधि जितेका गार्डिओला भन्छन्, विपक्षी टोलीहरुको स्तरलाई हेर्ने हो भने यो सबैभन्दा कठिन लिग हो भन्ने कुरामा कुनै शंका छैन । त्यसैले पनि यो लिगको शिर्ष स्थानमा रहनु आफैमा एक विशेष उपलब्धी समेत हो ।


यस सिजनको मध्यबाटै लिग उपाधिका लागि सिटी र लिभरपुलबीच कडा प्रतिस्पर्धा भईरहेको छ । यी दुवै टोलीले १३ पटकको लिग च्याम्पियन म्यानचेष्टर युनाइटेडले ३८ खेलको समापनसम्म कहिल्यै बटुल्न नसकेको अंक बटुलिसकेका छन् ।

३७ खेलबाट ९४ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ भने एक खेल कम खेल्दै ९२ अंकका साथ सिटी दोस्रो स्थानमा छ । गत सिजन सिटीले १०० अंकका साथ प्रिमियर लिगको उपाधि जितेको थियो । यस सिजन दोस्रो स्थानमा रहने जुनै टोलीले पनि प्रिमियर लिगको इतिहासमा सबैभन्दा बढी अंक बटुल्ने उपविजेता टोलीको इतिहास रच्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...