बायर्न लगातार साँतौं लिग उपाधि नजिक (भिडियोसहित)

एजेन्सी । जर्मन बुण्डेसलिगातर्फ शनिबार साविक विजेता बायर्न म्युनिखले उत्कृष्ट जित निकाल्दै लगातार सातौंपल्ट लिग उपाधि नजिक पुगेको छ ।

दश खेलाडीमा सिमित हेनोभरलाई १–३ ले हराएको बायर्नले लिगतालिकामा ४ अंकको स्पष्ट अग्रता बनायो । बायर्नका लागि २७औं मिनटमा रोबर्ट लेवान्डोस्कीले पहिलो गोल गरे भने ४०औं मिनटमा लियोन गारेज्काले त्यो अग्रता दोब्बर पारेका थिए ।


उता हेनोभरका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका ब्राजिलियन फरवार्ड जोनाथसले एक गोल फर्काउँदै टोलीलाई खेलमा ल्याउने प्रयास गरे तापनि त्यो सफल भएन । जोनाथसले गोल गरेको पाँच मिनट पनि बित्न नपाउँदै दोहारो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि हेनोभर दोस्रो हाफतर्फ दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

जसको फाईदा उठाउँदै ८३औं मिनटमा फ्रान्क रिबेरीले बायर्नका लागि तेस्रो गोल गर्दै टोलीलाई उत्कृष्ट जित दिलाए । यो जित हेनोभर विरुद्ध बायर्नको समग्रमा १४औं जित थियो । साथै जितपछि ३२ खेलबाट ७४ अंक जोडेको बायर्न शिर्ष स्थानमा यथावत छ । उता पराजित हेनोभर भने १८ अंकका साथ पुछारमा छ । त्यस्तै दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुण्डको ७० अंक छ ।


प्रतिक्रिया दिनुहोस

Loading...