घरेलु मैदानमै रोकियो पिएसजी (भिडियोसहित)

एजेन्सी । एडिन्सन काभानीले पेनाल्टी मिस गरेपछि फ्रेन्च लिग वानतर्फ लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नाइससँग बराबरी खेल्दै अँक बाँडेको छ । पिएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा नाइसले लिग च्याम्पियनलाई १–१ को बराबरी रोक्न सफल भयो ।

खेलमा दुवै गोल दोस्रो हाफमा सम्पन्न भए । दोस्रो हाफको शुरुवाततिरै ४६औं मिनटमा इग्नेटस गानागोले नाइसले खेलमा अप्रतयाशित अग्रता दिलाएका थिए । यद्यपि ६०औं मिनटमा नेमारले पेनाल्टीबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।


खेलमा भिडियो एसिस्टेन्ट रेफ्री (भार) को सहयोगमा पिसजीले पेनाल्टीको अवसर पनि पाएको थियो । पिएसजीका लागि काभानीले गरेको त्यो पेनाल्टी प्रहार नाइसका गोलरक्षक वाल्टर बेनिटेजले विफल तुल्याईदिएका थिए ।

यो नतिजापछि पिएसजीको खराब लयको यात्रा जारी छ । पिएसजीले सबै स्पर्धा गरेर खेलेको पछिल्ला सात खेलहरुमा जितविहीन छ । शनिबारको नतिजापछि ३५ खेलबाट ८५ अंक जोडेको पिएसजी शिर्ष स्थानमा यथावत छ । त्यस्तै ५२ अंक जोडेको नाइस भने सातौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...