ला लिगा च्याम्पियन बार्सिलोनाको हार (भिडियोसहित)

एजेन्सी । अधिकांश नयाँ अनुहारलाई अवसर दिएर मैदानमा उत्रिएको ला लिगा च्याम्पियन बार्सिलोनाले शनिबार राती सेल्टा भिगोसँग ०–२ को स्तब्धपुर्ण हार बेहोरेको छ ।

सेल्टाको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले लियोनल मेसी, लुईस सुआरेज, जेरार्ड पिके जस्ता महत्वपूर्ण खेलाडीहरुलाई आराम दिएको थियो । साथै खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।


सेल्टाका लागि ६७औं मनिटमा म्याक्सी गोमेजले पहिलो गोल गरे । त्यस्तै ८८औं मिनटमा लागो आसपासले पेनाल्टीबाट दोस्रो गोल गर्दै बार्सिलोना विरुद्ध घरेलु टोलीलाई उत्कृष्ट जित दिलाए ।

यो जितसँगै ४० खेलबाट १४औं स्थानमा उक्लिएको सेल्टा रेलिगेशन क्षेत्रको टोलीभन्दा पाँच अंकले माथि उक्लिएको छ । त्यस्तै पराजित बार्सिलोना भने ३६ खेलबाट ८३ अंकका साथ शिर्ष स्थानमा यथावत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...