नौ खेलाडीमा सिमित टोटेनह्यामको स्तब्धपुर्ण हार (भिडियोसहित)

एजेन्सी । दुई खेलाडीले रातो कार्ड खाएको खेलमा इङलिस प्रिमियर लिगतर्फ शनिबार टोटेनह्याम हट्सपरले बर्नमाउथसँग उसकै घरमा १–० को स्तब्धपुर्ण हार बेहोरेको छ ।

भिटालिटी स्टेडियममा भएको खेलको पहिलो हार्फ ४३औं मिनटमा ह्युङ मिन–सोनले बर्नमाउथका जेफरसन लेर्मालाई फल गरेपछि रेफ्रीले सोझै रातो कार्ड देखाएका थिए । त्यस्तै दोस्रो हाफको शुरुवाती पाँच मिनट बित्न नपाउँदै जुआन फोयथले पनि सोझो रातो कार्ड खाएपछि टोटेनह्याम अधिकांश समय ९ खेलाडीमा सिमित हुन पुगेको थियो ।

जसको फाईदा उठाउँदै खेलको अन्तिमतिर इन्जुरी समयको ९१औं मिनटमा नाथन अकेले एक मात्र निर्णायक गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए । यो हारसँगै ३७ खेलबाट ७० अंक जोडेको टोटेनह्याम तेस्रो स्थानमा छ । यद्यपि उसको शिर्ष चारमा पर्ने योजनामा भने धक्का लागेको छ ।


टोटेनह्यामले यहि आउँदो बुधबार मात्र च्याम्पियन्स लिगको सेमिफाइनलतर्फ दोस्रो लेगमा डच क्लब एजाक्ससँग उसकै घरेलु मैदानमा खेल्दैछ । स्मरणीय छ, यसअघि भएको पहिलो लेगमा टोटेनह्यामले आफ्नो घरेलु मैदान मै १–० को हार बेहोरेको थियो ।

त्यस्तै उता महत्वपूर्ण जित निकालेको बर्नमाउथ भने ४५ अंकका साथ १२औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...