चेल्सीलाई अवे गोलको फाईदा (भिडियोसहित)

एजेन्सी । युरोपा लिगतर्फ बिहीबार राती भएको अर्को सेमिफाइनलमा चेल्सीले जर्मन क्लब फ्रान्कफर्ट विरुद्ध महत्वपूर्ण अवे गोलको फाईदा निकालेको छ । फ्रान्कफर्टको घरेलु मैदानमा भएको खेलमा चेल्सीले १–१ गोलको बराबरी खेल्दै महत्वपूर्ण अवे गोलको फाईदा निकालेको हो ।

खेलको २३औं मिनटमा लुका जोभिकको गोलबाट शुरुवाती अग्रता बनाएको फ्रान्कफर्टले त्यसलाई पहिलो हाफसम्म पनि जोगाउन सकेन । उता ४५औं मिनटमा पेड्रोले चेल्सीका लागि गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।


यो नतिजासँगै युरोपियन भिडन्तमा लगातार १६ खेलसम्म अपराजित रहने चेल्सी पहिलो टोली बनेको छ । अब दोस्रो लेगको खेल चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रीज, लण्डनमा ९ माईका दिन हुनेछ । जहाँ चेल्सीलाई बिहीबार रातीको महत्वपूर्ण अवे गोलको फाईदा पनि हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...