पहिलो लेगमा आर्सनलको प्रभावशाली जित (भिडियोसहित)

एजेन्सी । सेमिफाइनलको पहिलो लेगतर्फ घरेलु मैदानमा उत्कृष्ट जितका साज इङलिस क्लब आर्सनल युरोपा लिगको फाइनल नजिक पुगेको छ ।

एमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले स्पेनीस क्लब भ्यालेन्सिया माथि ३–१ को प्रभावशाली जित हात पार्यो । खेलमा गोलको खाता भने सनसनीपूर्ण रुपमा भ्यालेन्सियाले खोलेको थियो ।


खेलको ११औं मिनटमा मुक्तर डायखाबीले भ्यालेन्सियाका लागि पहिलो गोल गरेका थिए । यद्यपि पाहुना टोलीले त्यो गोलको खुशी धेरैबेर मनाउन सकेन । उता खेलमा उत्कृष्ट पूनरागमन गरेको आर्सनलका लागि १८औं र २६औं मिनटमा अलेक्जेन्डर लाकाजेट्टेले लगातार दुई गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए ।

त्यस्तै इन्जुरी समयको ९१औं मिनटमा पिएरे एमरिक–औबमेयङले तेस्रो गोल गर्दै आर्सनलको उत्कृष्ट जित सुनिश्चित गरे । अब सेमिफाइनलको दोस्रो लेगको खेल ९ मईका दिन भ्यालेन्सियाको घरेलु मैदानमा हुनेछ । हारका बावजुद भ्यालेन्सियालाई अवे गोलको फाईदा भने रहनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...