च्याम्पियन्स लिग : सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाको उत्कृष्ट जित, मेसीको ६००औं गोल पूरा

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसीले दुई गोल गर्दै क्लबका लागि ६००औं गोल पूरा गरेको खेलमा बार्सिलोनाले च्याम्पियन्स लिगको सेमिफाइनलतर्फ पहिलो लेगमा उत्कृष्ट जित जित निकालेको छ ।

घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले लिभरपुललाई ३–० को हरायो । बार्सिलोनाका लागि २६औं मिनटमा लुईस सुआरेजले पहिलो गोल गरे । त्यस्तै ७५औं र ८२औं मिनटमा मेसीले लगातार दुई गोल गर्दै घरेलु टोलीको शानदार जित पक्का गरे ।


यो जितसँगै च्याम्पियन्स लिगतर्फ घरेलु मैदानमा बार्सिलोना अपराजित रहेको खेल संख्या किर्तिमान ३२ पुगेको छ । सेमिफाइनलतर्फ अब दोस्रो लेगको खेल ७ मईका दिन लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ । जहाँ रेड्सलाई जादुमयी प्रदर्शनको आवश्यकता पर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...