च्याम्पियन्स लिग सेमिफाइनल : पहिलो लेगमा हार्यो टोटेनह्याम (भिडियोसहित)

एजेन्सी । च्याम्पियन्स लिगको पहिलो सेमिफाइनलतर्फ पहिलो लेगमा इङलिस क्लब टोटेनह्याम हट्सपरले स्तब्धपुर्ण हार बेहोरेको छ । घरेलु मैदानमा भएको खेलमा टोटेनह्यामले डच क्लब एजाक्ससँग ०–१ को पराजयको सामना गर्नु परेको हो ।


खेलको शुरुवाततिर १५औं मिनटमा डोनी भान डे बिकले गरेको क्लोज रेन्ज गोल नै खेलको निर्णायक बन्यो । साथै एजाक्सले महत्वपूर्ण अवे गोलको फाईदा पनि हात पार्यो । आफ्ना स्टार खेलाडीद्वय हेरी केन र ह्युङ–मिन सोन बिना उत्रिएको टोटेनह्यामले खेलमा फर्किन निकै संघर्ष गर्यो तर सफल भएन ।


उता युवा खेलाडीले भरिएको एजाक्सले यस सिजन च्याम्पियन्स लिगमा लगातार नवौं अवे गोल गर्न समेत सफल भयो । अब दोस्रो लेगको खेल आउँदो ८ मईका दिन एजाक्सको घरेलु मैदान योहान क्रुफ एरिना, एम्सटर्डममा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...