च्याम्पियन्स लिग सेमिफाइनल : इतिहास रच्ने योजनामा टोटेनह्याम

एजेन्सी । प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलतर्फ पहिलो लेगमा आज टोटेनह्याम हट्सपरले डच लिगलिडर एजाक्सको सामना गर्दैछ ।

लण्डन स्थित टोटेनह्यामको घरेलु मैदानमा हुने आजको पहिलो सेमिफाइनल भिडन्त कडा प्रतिस्पर्धात्मक हुने अनुमान छ । सेमिफाइनल यात्रा तय गर्ने क्रममा डिफेन्डिङ च्याम्पियन रियल मेड्रिड र युभेन्टस जस्तो टिमलाई प्रतियोगिताबाट बाहिर पठाएको एजाक्स आत्मविश्वासी पनि छ ।

उता च्याम्पियन्स लिगको पहिलो सेमिफाइनल खेलिरहेको टोटेनह्याम पनि इङलिस फुटबलमा अहिले उत्कृष्ट लयमा छन् । यद्यपि टोटेनह्यामले सन् १९६२ को युरोपियन कपमा सेमिफाइनल खेलेको थियो ।


सेमिफाइनल प्रवेश गर्ने क्रममा टोटेनह्यामले पनि जर्मन फुटबलमा सनसनी मच्याईरहेको बोरुसिया डर्टमुण्ड र इङलिस जायन्ट म्यानचेष्टर सिटीलाई स्तब्ध तुल्याएको थियो ।

टोटेनह्यामको मुख्य समस्या भनेको आफ्ना दुई स्टार हेरी केन र ह्युङ मिन–सोनको अनुपस्थिति हो । केन चोटका कारण मैदान बाहिर छन् भने सोन प्रतिबन्धका कारण आज मैदानमा उत्रिने छैनन् ।

तर पनि एजाक्स विरुद्ध लण्डन क्लब उत्कृष्ट नतिजा निकाल्नेमा आत्मविश्वासी र विश्वस्त पनि छ ।


प्रतिक्रिया दिनुहोस

Loading...