पुछारको टोलीसँग हार्यो रियल (भिडियोसहित)

एजेन्सी । फ्रेन्च लिजेण्ड जिनेदिन जिदानले जिम्मेवारी सम्हाले यता पनि लय समाउन नसकेको रियल मेड्रिडले स्पेनीस ला लिगातर्फ आइतबार राती पुछारको टोलीसँग अप्रत्याशित हार बेहोरेको छ ।

जिदानले अधिकांश नयाँ अनुहारलाई अवसर दिएर मैदानमा उत्रिएको खेलमा रियलले रायो भेल्कानोसँग उसकै घरमा ०–१ को स्तब्धपूर्ण हार बेहोर्यो । खेलका क्रममा रियलका जेसस भालेजोले विपक्षी खेलाडीलाई फल गरेपछि भिडियो एस्टिेन्ट रेफ्रीको सहयोगमा भेल्कानोले पेनाल्टीको अवसर पाएको थियो ।


जसलाई खेलको २३औं मिनटमा एड्रियन एम्बर्बले कुनै गल्ती नगरी गोलमा परिणत गरेपछि रियलले सन् २००४ पछि पहिलोपटक लिगतालिकाको पुछारको टोलीसँग हार बेहोरेको हो । हारका बावजुद रियल ३५ खेलबाट ६५अंकका साथ तेस्रो स्थानमा छ ।

उता जित हात पार्दै ३१ अंकका साथ १९औं स्थानमा उक्लिएको भेल्कानोले रेलिगेशन क्षेत्रबाट बाहिरन निस्किने आफ्नो झिनो सम्भावनालाई कायम राखेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...